Share Market समबन्धी तालिम


Share Market समबन्धी तालिम

रेसुङ्गा बहुमुखी क्याम्पस,तमघास, गुल्मीमा शेयर मार्केट सम्बन्धी तालिमको उद्घाटन सभाको कार्यक्रम सम्पन्न भयो ।


    रेसुङ्गा बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी शेयर मार्केट समबन्धी तालिम ज्ञान प्रदान गर्ने उद्देश्यले सफल नेपाल इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. बुटवल र रेसुङ्गा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा मिति २०७७/१०/१२ र १३ गते २ दिने तालिम क्याम्पसमा सञ्चालन भयो । उक्त तालिमको उद्घाटन सभाको कार्यक्रमको अध्यक्षता क्याम्पसप्रमुख हरिबहादुर खत्रीले गर्नु भएको थियो भने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष धर्मबहादुर विश्वकर्मा प्रमुख अतिथि रहुन भएको थियो । यसै गरी विशेष अतिथिको रुपमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद आचार्य, सफल नेपाल इन्भेष्टमेन्ट, बुटवलका अध्यक्ष कमल तिवारी, उपाध्यक्ष गोपीराज भुसाल र प्रशिक्षक सन्तो बजगाई रहुने भएको थियो ।
    कार्यक्रम सफल बनाउन सहयोगी विद्यार्थी भाबहिनी र उपस्थित अतिथि महानुभावहरूलाई क्याम्पसको तर्फबाट मन्तव्य सहित धन्यवाद ज्ञापन सहायक क्याम्पसप्रमुख गोविन्द गौतमले गर्नु भएको थियो भने उपप्रशासक चनकबहादुर कँुवरले कार्यक्रम सञ्चालन गर्नु  भएको थियो ।