रेसुङ्गा बहुमुखी क्याम्पसमा RMC Eco-Club गठन


रेसुङ्गा बहुमुखी क्याम्पसमा RMC Eco-Club गठन

रेसुङ्गा बहुमुखी क्याम्पसमा RMC Eco-Club गठन


रेसुङ्गा बहुमुखी क्याम्पसकाे शैक्षिक सत्र २०८०/८१ काे वार्षिक कार्ययाेजना अनुसार क्याम्पस हाताभित्र फाेहर व्यवस्थापन, वातानुकुलित विविधतायुक्त बाेटविरूवा राेपण, बगैँचा व्यवस्थापन, वातावरणीय सचेतना एवं गाेष्ठी सञ्चालन लगायत समग्र क्याम्पस परिसर साैंन्दर्यकरण बनाउन सहयाेग पुग्ने हेतुले स्व.वि.यु.(FSU) पदाधिकारीकाे संयाेजकत्वमा स्वास्थ्य तथा शारिरीक विद्यार्थी समूह (HPESS) युवा रेडक्रस सर्कल (YRC) र संकायगत (Faculty) प्रतिनिधित्व हुनेगरी स्व.वि.यु. सदस्य अनिश पन्थीकाे संयाेजकत्वमा ११ सदस्यीय RMC Eco-Club र ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त Club काे आगामी बैठकबाट कार्यसमितिलाई पुर्णता दिई कृयाशिल गराइनेछ । कार्यक्रममा क्याम्पसप्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यता र उप.प्रा. शिवलाल खनालको अध्यक्षता रहेकाे थियाे । साथै प्राध्यापकहरू भुवन अर्याल, निलम बञ्जाडे, स्व.वि.यु.सभापति पुनाराम घिमिरे, संयाेजक अनिश पन्थी लगायतका महानुभावहरूकाे मन्तव्य रहेकाे थियाे भने NEHEP-FP रामप्रसाद खनालको सञ्चालन रहेकाे थियाे ।