रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास कार्यक्रम प्रारम्भ


रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास कार्यक्रम प्रारम्भ

रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको अतिरिक्त क्षमता विकास कार्यक्रम प्रारम्भ


गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले यसै शै.सत्र. २०८०÷०८१ बाट प्राध्यापक एवं विद्यार्थीहरूको अतिरिक्त क्षमता विकासका कार्यक्रमहरू प्रारम्भ गरेको छ । यसै सन्दर्भमा यस वर्ष स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि रोजगार प्रवद्र्धन स्वरुप क्षमता विकासका लागि Non-Credit Course को रूपमा Computer Education and Application कार्यक्रमको औपचारिक उद्घाटन गरियो । उक्त कार्यक्रम अन्तर्गत स्नातक प्रथम वर्षका नवागन्तुक विद्यार्थीहरूका लागि उनीहरूको रुचि, चाहना र बजारमाग अनुकुल Computer Package को कक्षा संचालन गरिएको छ । Academic Course का साथै Career Development का लागि क्याम्पसले Computer Education, Driving Skills, Foreign Language Skills, Entrepreneurship Development लगायतका अतिरिक्त क्षमता विकासका कार्यक्रमहरूमा विद्यार्थीहरूलाई जोड्ने उद्देश्य अनुरुप यस वर्ष Computer Education & Application, Entrepreneurship Development / Climate Change & Adaptation का कार्यक्रम संचालन गरिनेछ ।

क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीको प्रमुख आतिथ्यता र कार्यक्रम संयोजक श्री रामप्रसाद खनालको अध्यक्षता रहेको उद्घाटन सत्र कार्यक्रममा सहभागी प्रशिक्षार्थी विद्यार्थी भाइबहिनीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । जसमा सहा.क्याम्पसप्रमुख श्री कमलप्रसाद शर्मा, अनुसन्धान व्यवस्थापन ईकाइ ९च्ःऋ० संयोजक श्री रमकान्त पौडेल, विभागीय प्रमुख श्री बुद्धराज न्यौपाने, श्री शिवलाल खनाल, श्री सुर्य उपाध्याय लगायतका प्राध्यापकहरूले Computer Education, Driving Skill र Entrepreneurship Development लगायतका सीपहरूको विकासबाट स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा रोजगारीका अवसरमा पहुँच हुन गइ युवाशक्ति पलायन हुनबाट रोक्न सकिने कुरामा जोड दिनुभयो । कार्यक्रममा करिब ५० जना विद्यार्थी तथा प्राध्यापकको उपस्थिति रहेको थियो भने संचालन उपप्रा. श्री निलम बञ्जाडे थापाको रहेको थियो ।