कम्प्युटर कक्षाको समापन


कम्प्युटर कक्षाको समापन

कम्प्युटर कक्षाको समापन


गुल्मीको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसमा Non-Credit Course (40 Hrs.) को रुपमा संचालित "Basic Level Computer Education and Application" विषयको कम्प्युटर कक्षाको आज आयोजित कार्यक्रममा समापन गरियो । गत पौष ४ गतेदेखि संचालित उक्त कम्प्युटर कक्षामा स्नातक तह प्रथम वर्षका २० जना विद्यार्थीहरुले आधारभूत तहको कम्प्युटर सीप तथा ज्ञान हासिल गरेका छन् । क्याम्पसको शै.स. २०७९÷०८० को Student Support and Welfare कार्यक्रमतर्फ अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त क्षमता विकास गर्ने अभिप्रायले कम्प्युटर कक्षा संचालन गरिएको थियो ।

मिति २०८० चैत्र २३ गते आयोजित कार्यक्रममा २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र र ग्रेडसिट प्राप्त गरेका छन् । क्याम्पस प्रमुखको प्रमुख आतिथ्यता र NEHEP Focal Person को अध्यक्षतामा संचालित कार्यक्रममा क्याम्पसमा यसै महिना संचालित अनुसन्धान र वातावरणीय गोष्ठिमा सहजिकरण गर्नुहुने श्रोतव्यक्तिहरु डा.प्रदिप पन्थी, भरत पन्थी र गुणाखर पाण्डेलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा उपप्रा. श्री निलम थापाको स्वागत मन्तव्य, सहा.क्याम्पसप्रमुख गुणानिधि शर्मा, डा.प्रदिप पन्थी, विद्यार्थी संघ÷संगठनका प्रतिनिधिहरुको मन्तव्य रहेको थियो भने उपप्रा. श्री बुद्धराज न्यौपानेको संचालन रहेको थियो ।