कानून विषयक अन्तरक्रिया सम्पन्न


कानून विषयक अन्तरक्रिया सम्पन्न

रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीमा स्नातक तहका विद्यार्थीका लागि एक दिवसीय कानून विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


मिति २०८० पौष ६ गते

रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मीमा स्नातक तहका विद्यार्थीका लागि एक दिवसीय कानून विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुल्मी जिल्ला अदालत माननीय जिल्ला न्यायधीश बसन्तराज पौडेल एवम् जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता श्री खिमलाल गौतमबाट स्नातक तहका विद्यार्थीहरुलाई नेपालको कानून र न्यायिक कार्यविधिका सम्बन्धमा प्रशिक्षण प्रदान गरी विद्यार्थीहरुबाट जिज्ञासा राख्दै अन्तरक्रिया समेत सम्पन्न भएको छ । माननीय जिल्ला न्यायधीशको अध्यक्षता र क्याम्पसप्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन गुल्मी जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले गर्नुभएको थियो ।

कार्यक्रम रेसुङ्गा बहुमुखी क्याम्पस एवम् गुल्मी जिल्ला अदालतको समन्वय एवम् सहजीकरणमा सम्पन्न भएको हो । कार्यक्रमबाट प्राध्यापक, विद्यार्थी लगायत सहयागीहरु कानूनका बारेमा सुसूचित भई लाभान्वीत भएका छन् ।