रेसुङ्गा बहुमुखी क्याम्पसले शुरु गर्यो “युवाहरुका लागि उद्यमशिलता विकास तालिम”


रेसुङ्गा बहुमुखी क्याम्पसले शुरु गर्यो “युवाहरुका लागि उद्यमशिलता विकास तालिम”

रेसुङ्गा बहुमुखी क्याम्पसले स्नातक चौथो वर्षमा अध्ययनरत नियमित विद्यार्थीहरुलाइ लक्षित गरी “युवाका लागि ७ दिने उद्यमशिलता विकास तालिम” शुरु गरेको छ ।


रेसुङ्गा बहुमुखी क्याम्पसले शुरु गर्यो “युवाहरुका लागि उद्यमशिलता विकास तालिम”
तम्घास, फाल्गुण २०
गुल्मीको पुरानो सामुदायिक क्याम्पस रेसुङ्गा बहुमुखी क्याम्पसले स्नातक चौथो वर्षमा अध्ययनरत नियमित विद्यार्थीहरुलाइ लक्षित गरी “युवाका लागि ७ दिने उद्यमशिलता विकास तालिम” शुरु गरेको छ । घरेलु तथा साना उद्योग विकास समिति (CSIDB-Gulmi) गुल्मीको वार्षिक कार्यक्रम र रेसुङ्गा बहुमुखी क्याम्पसको उच्च शिक्षामा विशिष्टता प्रवर्धन कार्यक्रम (NEHEP) तर्फ विद्यार्थी कल्याण र परामर्श (Student Support and Guidance) सूचक अन्र्तगत उक्ततहका विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै अतिरिक्त क्षमता विकास बृद्धि गर्न र वर्तमान शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उत्पादन र बजारसंग जोड्ने अभिप्रायले यो प्रशिक्षण कार्यक्रम संचालन गरेको हो । बढ्दो वैदेशिक रोजगारीप्रतिको मोह, आप्रवासन, बेरोजगारी आदिका कारण देशव्यापी रुपमा भैरहेको प्रतिभा पलायन (Brain Drain) नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षाका साथ यो तालिम कार्यक्रमलाई अगाडि बढाइएको हो । विशेष गरी व्यवस्थापन संकायका विद्यार्थीहरुको माग अनुरुप उक्त कार्यक्रम संचालनमा ल्याइएको हो । 
यही फाल्गुण २० गते देखि संचालन गरिएको एकहप्ते प्रशिक्षणमा स्नातक चौथोवर्षका ३५ जना विद्यार्थी छात्रछात्राहरु सहभागी भएका छन भने प्रशिक्षक एवं श्राेतव्यक्ति घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका कार्यालय प्रमुख सुरेश भण्डारी, उद्यमविकास सहजकर्ता त्रिविक्रम ज्ञवाली लगायतका व्यक्तित्वहरु रहनुभएको छ । 
उद्घाटन सत्रको कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्याम्पस प्रमुख हरिबहादुर खत्रीले विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त क्याम्पस भएकोले शैक्षिक पठनपाठनका साथमा सीप प्राप्त गरी स्थानीयस्तरमै स्वरोजगार प्राप्त गर्न सक्षम हुने वताए । समापन मन्तव्य दिदै घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका नि.कार्यालय प्रमुख / लेखा अधिकृत माधवप्रसाद अर्यालले युवा विद्यार्थीहरुका लागि उद्यमशिल बनाउन यो तालिम संचालन गरिएको साथै यसबाट प्रशिक्षार्थीहरुले ज्ञान तथा सीप हासिल गरी वेरोजगारी न्युन गर्न मद्दत पुग्ने बताए । सोही अवसरमा सहा.क्या.प्र.गुणनिधि शर्माले तालिम अवधिमा युुवा प्रशिक्षार्थीहरुले सिकेको ज्ञान र सीपको विकासबाट मानव जनशक्तिलाई श्रमबजारमा प्रवेश गर्न सहयोग पुग्ने बताए । यसैगरी NEHEP Focal Person रामप्रसाद खनालले क्याम्पसका वार्षिक कार्यक्रमहरुमा युवाहरुलाई श्रम, सीप र व्यवसाय उन्मुख बनाउदै उनीहरुलाई क्षमता विकास गराउने योजना बमोजिम कार्यक्रम संचालन गरिएको र सहभागी युवा प्रशिक्षार्थीहरुको सीपलाई श्रम र श्रमलाई बजार संग जोड्दै स्थानीयस्तरमै जनशक्ति उपलब्ध गराइ श्रम गन्तव्य मुलुकतर्फको आकर्षण कम गर्न मद्दत पुग्ने बताए । कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा कर्मचारी, प्रशिक्षार्थी र राष्ट्रसेवक कर्मचारी गरी ७० जनाको सहभागीता रहेको थियो । स्मरण रहोस् QAA Certified यस क्याम्पसले यसैवर्ष  क्याम्पसका प्राध्यापक र स्नातकोत्तरतहका विद्यार्थीहरुका तथा लागि अनुसन्धानात्मक र वातावरण संबन्धि गोष्ठीका साथै अतिरिक्त क्षमता विकासका कार्यक्रमहरु अगाडि सारेको छ ।