विश्वविद्यालय अनुदान आयोगद्वारा अनुसन्धान व्यवस्थापन एकाइको अनुगमन सम्पन्न


विश्वविद्यालय अनुदान आयोगद्वारा अनुसन्धान व्यवस्थापन एकाइको अनुगमन सम्पन्न

विश्वविद्यालय अनुदान आयोगद्वारा अनुसन्धान व्यवस्थापन एकाइको अनुगमन सम्पन्न


रेसुङ्गा बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग (UGC) का लेखा अधिकृत श्री राधा कणेलको नेतृत्वमा वरिष्ट सहायक दिल बहादुर लामा सहितको अनुगमन कार्यदलले क्याम्पसको QAA प्रमाणिकरणका लागि गरेको पछिल्ला क्रियाकलापहरूको बारेमा जानकारी लियो । उक्त अनुगमनको शिलशिलामा कार्यदलले बैशाख २५ र २६ गते आयोजित कार्यक्रममा क्याम्पसमा गठित अुनसन्धान व्यवस्थापन एकाइ (Research Management Cell-RMC) का अनुसन्धानात्मक गतिविधिहरूबारे जानकारी लिई आगामी दिनमा एकाइले अध्ययन अनुसन्धानको पक्षलाई थप तिव्रता दिन सुझाएको छ । उहाँले सुधार अनुदा (Reform Grant) अन्र्तगत संचालित योजनाहरूको समेत निरीक्षण र अनुगमन गर्नुभएको थियो । सोही अवसरमा २६ गते बिहान क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा लेखा अधिकृत श्री राधा कणेलको प्रमुख आतिथ्यता रहेको थियो भने स्वागत मन्तव्य संचालक समिति कोषाध्यक्ष श्री धर्मबहादुर विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा एकाइ संयोजक तथा पूर्व क्याम्पसप्रमुख श्री दीन पन्थीले एकाइले गरेको प्रगतिहरूबारे जानकारी दिनुभएको थियो । सो कार्यक्रम सहायक क्याम्पसप्रमुख श्री गोविन्द गौतमले संचालन गर्नुभएको थियो ।