MBS 4th Semester मा अघ्ययनरत विद्यार्थीहरुका लागि "Dissertation Proposal writing" विषयक कार्यशाला गाेष्ठी सम्पन्न


MBS 4th Semester मा अघ्ययनरत विद्यार्थीहरुका लागि "Dissertation Proposal writing" विषयक कार्यशाला गाेष्ठी सम्पन्न

MBS 4th Semester मा अघ्ययनरत विद्यार्थीहरुका लागि "Dissertation Proposal writing" विषयक कार्यशाला गाेष्ठी सम्पन्न गरेकाे छ ।


रेसुङ्गा बहुमुखी क्याम्पसले व्यवस्थापन संकाय अन्तर्गत MBS 4th Semester मा अघ्ययनरत विद्यार्थीहरुका लागि "Dissertation Proposal writing" विषयक कार्यशाला गाेष्ठी सम्पन्न गरेकाे छ । व्यवस्थापन संकायकाे पहल र अनुसन्धान व्यवस्थापन इकाई (RMC) काे आयोजनामा उक्त गोष्ठी संचालन गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको MBS कार्यक्रमको निर्धारित पाठ्यक्रममा Partial Requirement को रूपमा विद्यार्थीहरुले Dissertation Writing गर्नुपर्ने प्रावधान अनुरुप उनीहरुलाई पृष्ठपोषण गर्नका लागि गोष्ठी आयोजना गरिएको थियो ।

आयोजित गोष्ठीका विभिन्न सत्रहरुमा सहभागीहरुलाई Proposal format : Research question/gap, Review of Literature, Methodology Approaches, Questionnaire preparation, Data Analysis, Research Outcome, Citation and Abstract Writing सम्बन्धमा सरल ढंगमा सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा सीप  प्रदान गरिएको थियो । गोष्ठीमा Resource Person नेपाल कमर्स क्याम्पसका प्राध्यापक Ph.D. Scholar चुरामणि पाण्डेयले अाफुले प्राध्यापन सेवा अवधिमा गरेका अनुसन्धान नतिजाहरु पनि शेयर गर्नुभएको थियो । कार्यक्रममा स्नातकोत्तरतहका विद्यार्थीहरु र प्राध्यापकहरु गरी ६४ जनाको सहभागीता रहेको थियो । गोष्ठीमा व्यवस्थापन संकायका प्राध्यापक यमबहादुर थापाको अध्यक्षता र क्याम्पस प्रमुख हरिबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने एम. वि. एस. कार्यक्रम संयाेजक सूर्य उपाध्यायको स्वागत मन्तव्य र उपप्राध्यापक रामप्रसाद खनालको संचालन रहेकाे थियो ।