क्याम्पस संचालक समितिको निर्वाचन सम्पन्न


क्याम्पस संचालक समितिको निर्वाचन सम्पन्न

क्याम्पस संचालक समितिको निर्वाचन सम्पन्न


रेसुङ्गा बहुमुखी क्याम्पसको ३४औं क्याम्पस सभाबाट श्री राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा संचालक समिति निर्वाचित भएको छ । निर्वाचित हुनेमा महेन्द्रप्रसाद भण्डारी, श्यामकुमार पाण्डे , कृष्णप्रसाद पोख्रेल, पुर्ण के.सी., गंगादेवी पाण्डे, धर्मबहादुर विश्वकर्मा, अर्जुनप्रसाद आचार्य, दुर्गाप्रसाद पाण्डे, यज्ञप्रसाद पन्थी र हरिलाल न्यौपाने ३ वर्ष कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दै निर्वाचन अधिकृत श्री विष्णुप्रसाद बलालले कार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले हालसालै QAA Certified यस क्याम्पसलाई Educational Excellence / Hub बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नूभयो । आयोजित घोषणा सभामा नगरप्रमुख श्री डिल्लीराज भुसाल, ने.क.पा. ५ नं. प्रदेश पार्टी सदस्य श्री बोमबहादुर खड्का, ने.क.पा. पार्टी सचिव वीरबहादुर कार्की, नेपाली काङ्ग्रेस जिल्ला सभापति श्री भुवनप्रसाद श्रेष्ठ, नगर उपप्रमुख सीता भण्डारी लगायत जिल्ला स्थित पार्टी प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, प्राध्यापक तथा कर्मचारी र संचारकर्मी सहितका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । घोषणसभा निवर्तमान अध्यक्ष श्री शालिकराम पन्थीको अध्यक्षता, क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीको बधाई तथा शुभकामना मन्तव्य, सहा.क्याम्पसप्रमुख श्री गोविन्द गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

नवनिर्वाचीत सम्पूर्ण संचालक समिति सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।