३७ औं वार्षिकत्सव तथा ३५ औं क्यम्पससभा


३७ औं वार्षिकत्सव तथा ३५ औं क्यम्पससभा

यहि मिति २०७६ फागुन ५ गते रेसुङ्गा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकत्सव तथा ३५ औं क्यम्पससभा सम्पन्न भयो ।


यहि मिति २०७६ फागुन ५ गते रेसुङ्गा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकत्सव तथा ३५ औं क्यम्पससभा सम्पन्न भयो । क्याम्पस सञ्चालक समिति अध्यक्ष श्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र रेसुङ्गा नगरपालिकाका नगरप्रमुख श्री डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा क्याम्पस संचालक समितिका उपाध्यक्ष श्री धर्मबहादुर विश्वकर्माले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा  क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहायक क्याम्पसप्रमुख श्री गोविन्द गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पूर्व संचालक, संस्थापक÷विशिष्ट तथा आजीवन सदस्यहरू, प्राध्यापक र कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने अतिरिक्त क्रियाकलापद्वारा संचालित खेलहरुमा विजय खेलाडीहरुलाई पुरस्कार वितरण र उत्कृष्ठ विद्यार्थीहरूलाइ विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा जिल्लास्थित राजनैतिक दलका प्रमुख÷प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू, सरकारी कार्यलयका प्रमुखहरू, विभिन्न संघ÷संस्थाका प्रमुख, संस्थापक÷अतिविशिष्ट÷विशिष्ट÷आजीवन सदस्यहरू, पत्रकारहरू, विद्यार्थी संघ÷संगठनका प्रमुख÷प्रतिनिधि, प्राध्यापक तथा कर्मचारीहरूको बाक्लो उपस्थित रहेको थियो ।