रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा आयोजित Exit Meeting सम्पन्न


रेसुङ्गा बहुमुखी क्याम्पसद्वारा आयोजित Exit Meeting सम्पन्न

रेसुङ्गा बहुमुखी क्याम्पसलाई QAA प्रमाणिकरण गर्नका लागि चौथो दिन Exit Meeting सम्पन्न भयो ।


रेसुङ्गा बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगद्वारा QAA प्रमाणिकरण गर्ने सन्दर्भमा प्रा.डा. जयराज अवस्थीको संयोजत्वमा गठित कार्यदल (PRT) ले यसै साता क्याम्पसका विभिन्न सरोकारवाला पक्षहरूसँग छुट्टाछुट्टै छलफल/अन्र्तक्रिया अयोजना गर्यो । अन्र्तक्रिया क्याम्पसको संचालक समिति, क्याम्पस प्रशासन, प्राध्यापक तथा कर्मचारी, स्ववियू, विद्यार्थी संघसंस्थाका प्रतिनिधि, पूर्व विद्यार्थी, स्थानीय संघसंस्थाका प्रतिनिधि, अभिभावक र अन्य सरोकारवाला पक्षहरूसँग भिन्दाभिन्दै छलफल गर्यो । अन्र्तक्रिया र छलफलबाट प्राप्त निचोडको आधारमा कार्यदलले समग्र  मूल्याकंन प्रतिवेदन तयार गरी चैत्र २३ गते बिहानी सत्रमा आयोजित विदाई बैठक Exit Meeting मा उक्त प्रतिवेदन संचालक समिति अध्यक्ष श्री शालिकराम पन्थीलाई हस्तान्तरण गर्यो । उक्त Exit Meeting मा प्रा.डा. श्री जयराज अवस्थीबाट क्याम्पसको शैक्षिक कार्यपात्रो (Calender 2076) विमोचन गरिनुको साथै उक्त कार्यदललाई क्याम्पसको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । विदाई कार्यक्रममा कार्यदलले सिफारिश गरेका सुझाब तथा कार्यसूचीलाई तत्काल पूरा गर्ने संचालक समिति अध्यक्ष र क्याम्पस प्रमुखले प्रतिबद्धता जनाएका थिए । कार्यक्रम संचालक समिति अध्यक्ष श्री शालिकराम पन्थीको अध्यक्षतामा र सहायक क्याम्पसप्रमुुख तथा क्ब्त् ऋययचमष्लबतयच श्री गोविन्द गौतमको संचालनमा सम्पन्न भएको थियो ।