विश्वविद्यालय अनुदान आयोगद्वारा रेसुङ्गा बहुमुखी क्याम्पसको QAA प्रमाणिकरणका लागि अुनगमन


विश्वविद्यालय अनुदान आयोगद्वारा रेसुङ्गा बहुमुखी क्याम्पसको QAA प्रमाणिकरणका लागि अुनगमन

विश्वविद्यालय अनुदान आयोगद्वारा रेसुङ्गा बहुमुखी क्याम्पसको QAA प्रमाणिकरणका लागि अुनगमन


गुल्मी जिल्लाको तमघासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसको QAA प्रमाणिकरणका लागि विश्वविद्यालय अनुदान आयोगको प्राविधिक टोली (PRT) ले क्याम्पसको भौतिक अवस्था, शैक्षिक अवस्था, आन्तरिक र बाह्य अवस्थाको निरीक्षण तथा अवलोकन गर्नुभयो । सो कार्यक्रममा प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा आएको कार्यदलले क्याम्पसका संचालक समिति, प्राध्यापक तथा कर्मचारी, विद्यार्थी र सरोकावाला पक्षबीच समूहगत बैठक बसी विभिन्न विषयमा छलफल गरेको छ । उक्त कार्यक्रममा कार्यदलले अनुसन्धान इकाइ, प्रशासनिक कक्ष, ई–लाइब्रेरी लगायत सम्पूर्ण कक्षहरूको अवलोकन गरेको छ । स्मरण होस् क्याम्पसको QAA प्रमाणिकरणका लागि आफ्ना शैक्षिक तथा प्राज्ञिक कार्यहरूलाई तिव्रता दिइरहेको छ । बिहानी सत्रमा संचालित स्वागत तथा प्रस्तुती कार्यक्रममा क्याम्पस संचालक समिति अध्यक्ष श्री शालिकराम पन्थीको अध्यक्षता रहेको उक्त कार्यक्रममा SAT संयोजक सहायक क्याम्पसप्रमुख श्री गोविन्द गौतमबाट क्याम्पसको समग्र गतिविधि समेटिएको SSR प्रस्तुतिकरण गरिएको थियो भने क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीद्वारा कार्यदललाई स्वागत मन्तव्य सहित फूलमालाद्वारा अभिनन्दन गरीएको थियो । सो कार्यक्रममा क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइद्वारा प्रकाशित Research Journal "Resunga Journal" को विमोचन प्रा.डा. जयराज अवस्थीबाट गरिएको थियो ।