रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समिति विशेष बैठक


रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समिति विशेष बैठक

रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समिति विशेष बैठक सम्पन्न


रेसुङ्गा बहुमुखी क्याम्पस संचालक समिति विशेष बैठक सम्पन्न

मिति २०७५/०७/१४ मा रेसुङ्गा बहुमुखी क्याम्पस, तम्घास, गुल्मी संस्थापक सदस्य, क्याम्पस संचालक समिति वर्तमान तथा पूर्व पदाधिकारी तथा सदस्यहरू, कार्यरत प्राध्यापक, कर्मचारी, पूर्व प्राध्यापक, वर्तमान तथा पूर्व स्व.वि.यू., जिल्लास्थित राजनैतिक दलका प्रमुख, स्थानीयतहका प्रमुख, विद्यार्थी संघ संगठनका जिल्ला तथा क्याम्पस इकाई अध्यक्ष, स्थानीय शैक्षिक संस्थाका  प्राध्यापक एवं शिक्षाप्रेमीसहितको क्याम्पस संचालक समितिको विशेष बैठक सम्पन्न भयो ।

उक्त बैटकमा आङ्गिक, QAA प्रक्रिया तथा क्याम्पसको वृहत्तर विकासका सन्दर्भमा छलफल भयो । छलफलको क्रममा क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य तथ ५ नं. प्रदेश सभा सदस्य माननीय खड्ग के.सी., रेसुङ्गा नगरपालिका प्रमुख श्री डिल्लीराज भुसाल, जिल्ला समन्वय समिति उपप्रमुख श्री तुल्सीकुमारी श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिव श्री बुद्धि जि.सी., नेपाली काँग्रेस उपसभापति श्री विष्णुप्रसाद बलाल, क्याम्पस संस्थापक तथा पूर्व संचालक श्री दान बहादुर के.सी., गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष श्री दुर्गा पाण्डेय, रेसुङ्गा नगरपालिका ८ वार्ड नं. का वडाअध्यक्ष श्री भरत भलामी, संस्थापक सदस्य तथा पूर्व संचालक श्री कृष्णप्रसाद भण्डारी, संस्थापक तथा पूर्व संचालक समिित पदाधिकारी श्री सुरेशचन्द्र भुसाल, पूर्व क्याम्पसप्रमुख प्रा. श्री शशि पन्थी, अनेरास्ववियु जिल्ला अध्यक्ष श्री राजेन्द विक्रम कुवँर, ने.वि.संघ केन्द्रिय सदस्य श्री सुदर्शन खनाल, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजक श्री घनश्याम खरेल, स्ववियू सभापति श्री श्रीराम महत एवं पब्लिक क्याम्पस प्राध्यापक संघ का.वा. सभापति श्री बुद्धराज न्यौपाने लगायतले मन्तव्य राख्नु भएको सो कार्यक्रमको सभापतित्व क्याम्पस संचालक समितिका अध्यक्ष श्री शालिकराम पन्थीले गर्नुभएको थियो । क्याम्पस संचालक समितिका उपाध्यक्ष श्री माधवप्रसाद ज्ञवालीद्वारा स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा क्यामपसप्रमुख श्री हरिबहादुर खत्रीबाट क्याम्पसको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको संचालन सहायक क्याम्पसप्रमुख श्री गोविन्द गौतमले गर्नुभएको थियो ।