समीक्षा बैठक सम्पन्न


समीक्षा बैठक सम्पन्न

मिति २०७५/१२/२६ गते क्याम्पसको संचालक पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबीच समीक्षा बैठक सम्पन्न भयो ।


गुल्मी जिल्लाको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसलाई QAA प्रमाणिकरण गर्ने सिलसिलामा चैत्र २० देखि २४ सम्म अयोजित PRT-Monitoring सम्पन्न भएपश्चात उक्त कार्यदलले बुझाएको मूल्याकंन प्रतिवेदनमा औलाएका सुझाबहरूका सम्बन्धमा  छलफल गर्ने अभिप्रायले मिति २०७५/१२/२६ गते क्याम्पसको संचालक पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबीच समीक्षा बैठक आयोजना गरियो । उक्त समीक्षा बैठकमा कार्यदलले सिफारिश गरेका विषयहरूलाई सम्बोधन गर्दै उच्च प्राथमिकता दिदै क्याम्पसका कार्ययोजना समावेश गरी तत्काल कार्यन्वयन गर्न सहभागी सम्पूर्ण संचालक पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरूबाट सामूहिक प्रतिबद्धता जनाइएको छ । उक्त समिक्षा बैठकमा क्याम्पस प्रमुख श्री हरिबहादुर खत्रीको अध्यक्षतामा र संचालक समिति अध्यक्षा श्री शालिकराम पन्थीको संबोधन रहेको थियो भने सहायक क्याम्पसप्रमुख श्री गोविन्द गौतमको प्रस्तुतिकरण रहेको थियो ।
स्मरण रहोस ः क्याम्पसलाई QAA Certified संस्थाको रुपमा रुपान्तरण गर्न विश्वविद्यालय अनुदान अयोग ९ग्न्ऋ० को सहयोगमा क्याम्पसमा विभिन्न गतिविधिहरू संचालन भइरहेको छ ।