रेसुङ्गा क्याम्पसले शुरू गर्याे "उद्यमशिलता विकास तालिम"
व्यवस्थापन संकायतर्फ स्नातक द्वितीय र तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि "युवाहरूका लागि ५ दिने उद्यमशिलता विकास तालिम" रेसुङ्गा क्याम्पसमा शुरू गरिएको छ । तालिम कार्यक्रममा ३० जना युवा प्रशिक्षार्थी सहभागी भएका छन् । ५ दिनसम्म सञ्चालन हुने याे तालिमका विभिन्न Session मा सहभागी प्रशिक्षार्थीहरूले उद्यमशिलताको अवधारणा र विकास, व्यवसायिक योजना निर्माण, वस्तु र सेवाकाे उत्पादन, लेभलिङ् र ब्रान्डिङ्ग, व्यवसायिक ऋण, लगानी र प्रतिफल विश्लेषण, वित्तिय जोखिम विश्लेषण र व्यवस्थापन, नवप्रवर्तन, व्यवसायिक सफलता, युवा उद्यमिका सफलता र अभ्यासहरू बारे सैद्वान्तिक र व्यवहारिक ज्ञान र सीप हासिल गर्नेछन् । तालिमका विभिन्न सेसनहरूमा स्थानीय उद्यमी तथा व्यवसायीका अनुभवरू समेत आदानप्रदान गरिनेछ । बिहानीसत्रमा सञ्चालित Opening Session मा NEHEP Focal Person रामप्रसाद खनालको अध्यक्षता, नि. क्या. प्र. नारायण भुसालको प्रमुख आतिथ्यता, घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवाली, उप.प्रा. बुद्वराज न्याैपाने, उप.प्रा.मुकुन्द भण्डारी, उप.प्रा. शिवलाल खनाल, उप.प्रा.गङ्गा अधिकारी, स्व. वि. यु. अध्यक्ष सुदीप खत्री, काेषाध्यक्ष विश्वास बन्जाडे लगायतका व्यक्तिहरूकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा स्व.वि.यु. अध्यक्ष सुदीप खत्रीको शुभकामना मन्तव्य, उप. प्रा. बुद्वराज न्याैपानेको NEHEP Briefing सहितकाे मन्तव्य रहेकाे थियोे भने सञ्चालन सहा. क्या. प्र. निलम थापाको रहेको थियो ।
(स्मरण रहाेस् याे कार्यक्रम UGC काे सहयोगमा रेसुङ्गा बहुमुखी क्याम्पसकाे आयोजना र घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीको सह-आयोजनामा सञ्चालन भएकाे छ ।)