क्याम्पसमा नेपली सेनाद्वारा अभिमुखीकरण

रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह शिक्षा संकाय अन्तर्गत विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरूका लागि श्री वीरभद्र जङ्ग गुल्म गुल्मीको आयोजनामा MSTC (Military Science Technology Competition-II) विषयक एकदिवसीय अभिमुखिकरण संचालन भएको थियो । मंसिर २७ गते विहान आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा गुल्मका सहसेनानी श्री उमेश खड्काले नेपाली सेनाको हालको Military Science Technology र यसका अवस्था विषयमा प्रशिक्षण दिनुभएको थियो । नेपाली सेनाका हालका गतिविधि र यसका नवीनतम आयामहरू सम्बन्धमा सहभागीहरूले छलफल गरेका थिए । उक्त कार्यक्रममा करिब ७० जना छात्रछात्रा र केही प्राध्यापकहरूको सहभागिता रहेका थियो ।