उद्यमशिलता विकास र कम्प्युटर गा्रफिक्स तालिम समापन

रेसुङ्गा बहुमुखी क्याम्पसमा विश्वविद्यालय अनुदान आयोग अन्र्तगत सञ्चालित उच्च शिक्षामा विशिष्टता प्रबर्धन कार्यक्रम (EPBF) अन्र्तगत विस्तारित कार्यसम्पादनमा आधारित कार्यक्रम (EPBF)तर्फ विद्यार्थी कल्याण र सहयोग अन्र्तगत क्याम्पसमा नियमित अध्ययन विद्यार्थीहरुका लागि Non-Credit Course को रुपमा ४० घण्टे कम्प्युटर गा्रफिक्स डिजाइन र ५ दिने उद्यमशिलता विकास तालिमको आज एक कार्यक्रमका बीच समापन गरियो । एक महिनासम्म संचालित कम्प्युटर गा्रफिक्स डिजाइन कक्षामा स्नातक प्रथमवर्षका विद्यार्थी छात्रछात्राहरुले Adobe Photoshop र Adobe Illustrator संबन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप हासिल गरेका छन ।
यसैगरी उद्यमशिलता विकास सम्बन्धमा सहभागीहरुले उद्यमशिलताको अवधारणा र विकास, व्यवसायिक योजना निर्माण, गुणस्तरीय वस्तुको उत्पादन, क्रृण लगानी र प्रतिफल विश्लेषण, वित्तिय जोखिम, नवप्रवर्तन, सफल उद्यम तथा व्यवसाय, सफल उद्यमीका संवादहरु र उनीहरुको व्यवसायिक सफलताका अभ्यास र अनुभवहरु आदि विषयमा ज्ञान तथा सीप प्राप्त गरेका छन । साथै उनीहरुलाइ स्थानीय व्यवसायीहरुको व्यवसायहरुको समेत अवलोकन गराईएको थियो ।
कम्प्युटर गा्रफिक्स डिजाइन तर्फस्नातक तह प्रथमवर्षमा अध्ययनरत ३४ जना विद्यार्थीहरु सहभागी भएका थिए । तालिम २०८२ बैशाख ८ गतेबाट संचालन गरिएको थियो जसमा गा्रफिक्स डिजाइन इन्स्टिच्युटका प्रोप्राइटर यम विश्वकर्माले सहजिकरण गरेका थिए भने उद्यमशिलता विकास तालिम २०८२ जेष्ठ २ गते देखि ६ गते सम्म सञ्चालन भएको थियो । तालिममा स्नातकतह व्यवस्थापन संकायका ४० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उद्यमशिलता विकास तालिमको सहजिकरण घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले सहजिकरण गरेका थिए । उक्त उद्यमशिलता तालिम रेसुङ्गा बहुमुखी क्याम्पसको मुख्य आयोजना र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको सह–आयोजनामा संचालन गरिएको थियो । रेसुङ्गा क्याम्पसले दुबै तालिम निःशुल्क उपलब्ध गराएको थियो ।
आज आयोजित समापन कार्यक्रममा दुबै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरियो । कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख र विशेष अतिथि नारायण भुसालले विद्यार्थी र प्राध्यापकहरुका लागि विभिन्न किसिमका क्षमता विकासका कार्यक्रमहरु NEHEP कार्यक्रम मार्फत आगामी दिनमा थप बृद्धि गर्दै जाने कुरा व्यक्त गर्दे तालिम, गोष्ठी र सेमिनारहरुको आयोजना गर्ने ल्भ्ज्भ्ए कार्यदललाई धन्यवाद दिनुभएको थियो । साथै समापन मन्तव्यमा बोल्दै NEHEP Focal Person रामप्रसाद खनालले विद्यार्थीहरुमा किताबी ज्ञानमात्र प्रदान नगरी क्षमता विकास मार्फत उनीहरुमा सीपविकास गरी उक्त सीपलाई श्रमसंग, श्रमलाई रोजगारीसंग र रोजगारीलाई आयआर्जन सँग जोडी स्वदेशमै काम गर्नुपर्ने बताउनुभयो । साथै यी दुबै तालिमका लाभग्राही विद्यार्थीहरुले प्राज्ञिक अध्ययनका अतिरिक्त सीप विकास गर्ने अवसर प्राप्त गरेको समेत बताउनुभयो । समापन कार्यक्रमको अध्यक्षता NEHEP Focal Person श्री रामप्रसाद खनालको रहेको थियो भने प्रमुख अतिथि क्याम्पसप्रमुख श्री सुर्य उपाध्याय र विशेष अतिथि सहा.क्या.प्र.श्री नारायण भुसालको रहेको थियो । साथै शुभकामना मन्तव्य उप.प्रा.श्री बुद्धराज न्यौपाने र स्व.वि.यु. उपाध्यक्ष विनिता कार्की, कोषाध्यक्ष विश्वास बञ्जाडे लगायतका प्रतिनिधिहरु र प्रशिक्षक द्वय त्रिविक्रम ज्ञवाली र यम विश्वकर्माले मन्तव्य राख्नुभएको थियो । समापन एवं प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन सहा.क्या.प्र.श्री निलम बञ्जाडे थापाको रहेको थियो ।
(स्मरण रहोस् यस अघि क्याम्पसमा गठित NEHEP कार्यदलको संयोजनमा प्राध्यापक र कर्मचारीहरुका लागि Digitalization Tools and its Application विषयक ३ दिने (९ वटा सेसन) Virtual Mode मा प्रशिक्षण सञ्चालन गरेको थियो ।)