- November 21, 2024
- News
खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न
१३औं राष्ट्रिय कर दिवसको सन्दर्भमा करदाता सेवा कार्यालय, गुल्मीको आयोजना र रेसुङ्गा बहुुमुखी क्याम्पसको समन्वयमा “करप्रणालीको सार, लगानीको अधिकार” विषयक जिल्लाव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । क्याम्पसमा आयोजित उक्त प्रतियोगितामा जिल्लाका ११ वटा मा.वि. र क्याम्पसका छात्रछात्राहरूले भाग लिएका थिए । प्रतियोगितामा शारदा मा.वि.का रितिका गौतम सन्तवना, रेसुङ्गा बहुमुखी क्याम्पसका करिना टण्डन तृतीय, पाञ्चायन मा.वि.का सुजाता कुँवर द्वितीय र ीक्ष्त्क् ऋयििभनभ का आकृति अर्याल प्रथम भएका छन् । सफल प्रतियोगिताहरूलाई कर दिवस सप्ताहाको अन्तिम दिन उद्योग वाणिज्य संघ, गुल्मीको हलमा आयोजित कार्यक्रममा पुरस्कृत गरिने भएको छ । आयोजित प्रतियोगिता करदाता सेवा कार्यालय, गुल्मीका कार्यालय प्रमुख विक्रम पन्थीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको प्रमुख आतिथ्यता, क्याम्पसप्रमुख हरिबहादुर खत्री र उद्योगा वाणिज्य संघ, गुल्मीको अध्यक्ष इश्वरी पौड्यालको आतिथ्यतामा सम्पन्न भएको थियो ।