उच्चशिक्षामा पाठ्यक्रम र मुल्यांकन विश्लेषण (Curriculum and Assessment Analysis in Higher Education) विषयक दुई दिवसीय कार्यशाला गोष्ठी


उच्चशिक्षामा पाठ्यक्रम र मुल्यांकन विश्लेषण (Curriculum and Assessment Analysis in Higher Education) विषयक दुई दिवसीय कार्यशाला गोष्ठी

उच्चशिक्षामा पाठ्यक्रम र मुल्यांकन विश्लेषण (Curriculum and Assessment Analysis in Higher Education) विषयक दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।


उच्चशिक्षामा पाठ्यक्रम र मुल्यांकन विश्लेषण (Curriculum and Assessment Analysis in Higher Education) विषयक दुई दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रेसुङ्गा बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाई (Research Management Cell) को आयोजनामा Faculty Development Component अन्तर्गत यो गोष्ठी संचालन गरिएको थियो । गोष्ठी हाल उच्च शिक्षामा अध्यापन गरिने पाठ्यक्रमको समीक्षा र मुल्यांकन सम्बन्धि विषयवस्तुमा केन्द्रित रहेको थियो । RMC संयोजक रमाकान्त पौडेलको अध्यक्षता, क्याम्पस संचालक समिति अध्यक्ष श्रीप्रसाद भलामीको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख हरिबहादुर खत्रीको आतिथ्यतामा गोष्ठी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्रोफेसर श्री पेशल खनालद्वारा सहजिकृत गोष्ठीमा NEHEP-FP and Members, RMC Members, Faculties, स्थानीय विद्यालयका प्राचार्यहरु, जिल्लास्थित क्याम्पसका प्राघ्यापकहरू गरि २९ जनाको सहभागीता रहेको थियो । गोष्ठीको दोश्रो दिन सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।