एनएमबी बैंकद्वारा कम्प्युटर हस्तान्तरण


एनएमबी बैंकद्वारा कम्प्युटर हस्तान्तरण

गुल्मीको QAA प्राप्त रेसुङ्गा बहुुमुखी क्याम्पसलाई एनएमबी बैंकद्वारा आज एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरियो ।


गुल्मीको QAA प्राप्त रेसुङ्गा बहुुमुखी क्याम्पसलाई एनएमबी बैंकद्वारा आज एक कार्यक्रमका बीच कम्प्युटर हस्तान्तरण गरियो । बैंकको ५ नं. प्रदेश प्रमुख श्री सुरेशमान महर्जन र म्यानेजर श्री द्विविर विक्रम शाहबाट क्याम्पसको ई–लाईब्रेरी प्रवद्र्धनका लागि नयाँ मोडलका ३ वटा डेस्कटप कम्प्युटर बैंकको तर्फबाट क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीलाई हस्तान्तरण गरियो । बैंकका प्रदेश प्रमुख श्री सुरेशमान महर्जनले सामाजिक उत्तरदायित्व अन्र्तगत बैंकद्वारा यस किसिमको सहयोग उपलब्ध गराइएको जानकारी दिँदै क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको कार्यक्रममा बैंकका Risk Officer श्री अग्नीप्रसाद अधिकारी, तम्घास शाखाप्रमुख श्री प्रविण अधिकारी, विमल घर्ती, मनोज श्रेष्ठ लगायत क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थीति रहेको थियो ।