एक दिवसीय अनुसन्धान प्रवोधिकरण कार्यक्रम सम्पन्न


एक दिवसीय अनुसन्धान प्रवोधिकरण कार्यक्रम सम्पन्न

एक दिवसीय अनुसन्धान प्रवोधिकरण कार्यक्रम सम्पन्न


मिति २०७९ माघ १३ गते रेसुङ्गा बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाई (RMC) को आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि एक दिवसीय अनुसन्धान नतिजा प्रवोधिकरण (Research Outcome Dissemination) सम्बन्धी कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रममा क्याम्पसका M.Phil. र Ph.d. अध्ययनरत प्राध्यापकहरुले आफ्नो अध्ययनको क्रममा गरेका अध्ययन/अनुसन्धानका नतिजाहरुको कजबचष्लन गर्नुभएको थियो । जसमा अंग्रेजी विभागबाट उपप्राध्यापक श्री बुद्धराज न्यौपाने, शिक्षण सहायक श्री निलम थापा र अर्थशास्त्र विभागका उपप्राध्यापक श्री खिमानन्द भण्डारीले आफूले गरेका अनुसन्धान नतिजाहरुको प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा एम्.एड्. तहका विद्यार्थीहरुबाट अनुसन्धान सम्बन्धी जिज्ञासा र सुझाबहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रम अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक उपप्राध्यापक श्री रमाकान्त पौडेलको अध्यक्षता र क्याम्पसप्रमुख श्री हरिबहादुर खत्रीको प्रमुख आतिथ्यतामा र उपप्राध्यापक श्री रामप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।