मास्टर डिग्री अध्ययन गर्न चाहने विद्यार्थीलाई मालिका गाउँपालिकाले दियो सुनौलो अवसर


मास्टर डिग्री अध्ययन गर्न चाहने विद्यार्थीलाई मालिका गाउँपालिकाले दियो सुनौलो अवसर

रेसुङा बहुमुखी क्याम्पस संग शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापना तथा चेक हस्तान्तरण कार्यक्रम सम्पन्न ।


रेसुङा बहुमुखी क्याम्पस संग शिक्षक अध्ययन साझेदारी प्रोत्साहन कोष स्थापना तथा चेक हस्तान्तरण गर्दै मास्टर डिग्री अध्ययन गर्ने विद्यार्थीलाई सुनौलो अवसर प्रदान गरेको छ ।

प्रोत्साहन कोष अन्तर्गत वाषिर्क दुई लाख रुपैयाँ मालिका गाउँपालिकाले बहुमुखी क्याम्पसलाई प्रदान गर्ने छ । भने गाउँपालिका भित्र बाट शिक्षा संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले नि शुल्क डिग्री अध्ययन गर्ने पाउने छन । यसरी क्याम्पस सङको साझेदारीमा प्रोत्साहन कोष स्थापना गरि विद्यार्थीलाई नि :शिल्क अध्यापन गराउनेमा मालिका गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । यो कोष स्थापना भए संगै विद्यार्थीले अब जाँचको मात्र शुल्क तीर्ने छन् । यो कार्यक्रम बाट मालिका गाउँपालिकाका ४० जना भन्दा बढि विद्यार्थी लाभान्वित हुनेछन ।मालिका गाउँपालिकाको शिक्षा क्षेत्रको समग्र विकासको लागी प्रोत्साहन कोष स्थापना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले मालिका गाउँपालिका सबै क्षेत्रमा अगाडी बढन चाहेको र विशेष गरी शिक्षा र स्वास्थ्यलाई जोड दिएको उल्लेख गरे ।  उनले भने “मालिका गाउँपालिका अहिले पिछडिएको क्षेत्र भनेर चिनिन्छ हामीले अहिले माग्नु परेको छ तर निकट भविष्यमा अरुलाई दिने गरी काम गरिरहेका छौँ “।

त्यस्तै यता रेसुङा बहुमुखी क्याम्पसका अध्यक्ष राजेन्द्र श्रेष्ठले मालिका गाउँपालिकाले शिक्षा क्षेत्र तर्फ दिएको चासो प्रति धन्यवाद व्यक्त गर्दै यसरीनै आगामी दिनमा सहयात्रा गरेर अघि बढने अपेक्षा समेत राखे । कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष देवा अर्याल , रेसुङा बहुमुखी क्याम्पसका प्रमुख हरी खत्री , मालिका गाउँपालिका बाट मास्टर डिग्री अध्ययन गर्ने विद्यार्थी हरुको सहभागी रहेको थियो ।