शैक्षिक अवलोकन भ्रमण सम्पन्न


शैक्षिक अवलोकन भ्रमण सम्पन्न

शैक्षिक अवलोकन भ्रमण सम्पन्न भयो ।


हालसालै QAA Certified उच्च शैक्षिक संस्था रेसुङ्गा बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरूको एक टोलीले क्याम्पसहरूको अध्ययन/अवलोकन भ्रमण सम्पन्न गर्यो । यहि जेष्ठ २९ देखि ३१ सम्म आयोजित भ्रमणमा रुपन्देहीको सिद्धार्थ गौतम बुद्ध क्याम्पस, नवलपरासीको मध्यविन्दु क्याम्पस, चितवनको सप्तगण्डकी क्याम्पस, तनहुँको आदिकवि भानुभक्त क्याम्पस र कास्कीको जनप्रिय क्याम्पसहरुको अवलोकन गरिएको थियो ।
अवलोकन भ्रमणको शिलशिलामा QAA प्राप्त क्याम्पसहरूको भौतिक र शैक्षिक अवस्थाको अध्ययन गर्नुको साथै गुणस्तर प्रमाणिकरण पश्चात् प्राप्त उपलब्धीहरुको चर्चा/परिचर्चा गरिएको थियो । सोही क्रममा आयोजित छलफल/अन्र्तक्रियामा प्राध्यापक/कर्मचारीहरूले क्याम्पसहरुको शैक्षिक क्रियाकलापहरू संचालनमा भए/गरेका उल्लेखनिय प्रगतिको समीक्षा तथा विश्लेषण गरेका थिए साथै QAA  प्रमाणिकरण पश्चात देखापरेका समस्या र चुनौतिबारे गहन छलफल गरिएको थियो । 
शैक्षिक अवलोकन भ्रमणमा यस क्याम्पसका क्याम्पस प्रमुख, सहा.क्या.प्रमुख, विभागीय प्रमुख, प्राध्यापक संघ/संस्थाका प्रतिनिधि, प्राध्यापकहरू र कर्मचारीहरू सहित १६ जनाको सहभागीता रहेको थियो । भ्रमणको सन्दर्भमा समन्वय गर्नुहुने सम्बन्धित क्याम्पसका क्याम्पस प्रमुख, संचालक प्रतिनिधि,  प्राध्यापक तथा कर्मचारीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै भ्रमणको अवसर प्रदान गर्नु हुने रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, संचालक समिति अध्यक्ष र सहा.क्या.प्रमुख प्रति भ्रमण टोलिले विशेष आभार प्रकट गरेको छ । उक्त शैक्षिक अवलोकन भ्रमणको सहजिकरण र समन्वय सहा.क्या.प्रमुख रामप्रसाद खनालले गर्नुभएको थियो ।
स्मरण रहोस् गत जेष्ठ ४ गते आयोगको निर्णय अनुसार क्याम्पस QAA Certified शैक्षिक संस्थामा रुपान्तरीत भएको छ ।