“हार्दिक धन्यवाद”


“हार्दिक धन्यवाद”

रेसुङ्गा बहुमुखी क्याम्पसको ३९औं वार्षिकोत्सव तथा ३७औं क्याम्पस सभा समारोहको अवसरमा विभिन्न महानुभावहरुबाट छा त्रवृत्ति अक्षयकोष स्थापना


मिति २०७८ साल फागुन ५ गते सम्पन्न भएको रेसुङ्गा बहुमुखी क्याम्पसको ३९औं वार्षिकोत्सव तथा ३७औं क्याम्पस सभाको उद्घाटन समारोहको अवसरमा यस क्याम्पसका अङ्ग्रेजी विषयका उपप्राध्यापक स्व.कुञ्जरमणि गौतमको स्मृतिमा रेसुङ्गा बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चद्वारा सङ्कलित भएको रकम रु. २,५२,३७०।– को ब्याजबाट प्रत्येक वर्ष वार्षिकत्सवका अवसरमा अङ्ग्रेजी विषयमा अनुसन्धान गर्ने उत्कृष्ट १ जना र दुर्गम विकट क्षेत्रबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न र अनुशासित विद्यार्थीलार्इ छात्रवृति प्रदान गर्ने उद्देश्यले “कुञ्जरमणि स्मृति अक्षयकोष” स्थापनार्थ क्याम्पसलार्इ मञ्चका अध्यक्ष गोपाल थापा मगरबाट रकम हस्तान्तरण गरिएको थियो । यसै गरी सो समारोहमा यस क्याम्पसका सञ्चालक समितिका पूर्व उपाध्यक्ष एवम् अतिविशिष्ट सदस्य शिक्षासेवी सामाजिक व्याक्तित्व श्रीप्रसाद भलामीले आफ्ना स्व.माता र पिताको स्मृतिमा क्याम्पसमा हाललार्इ रु. १,५०,०००।– राशिको “रुकबहादुर कुन्ता भलामी स्मृति छात्रवृत्ति अक्षयकोष” स्थापनार्थ घोषणा गर्नु भएको थियो भने यस क्याम्पसमा “सत्यमान–डिलप्रसाद छात्रवृत्ति कोष” का सस्थांपक क्याम्पस सञ्चालक समिति पूर्व सदस्य एवम् विशिष्ट सदस्य हरिकुमार श्रेष्ठले कोषमा रु.५०,०००।– थप गरी रु.१ लाखको कोष वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । उहाँहरु सबैप्रति क्याम्पस परिवार हार्दिक आभार एवम् धन्यावाद ज्ञापनका साथै उहाँहरुको सुस्वास्थ्य, दीर्घायु, सुयश एवम् उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्दछौं ।

क्याम्पस परिवार