रेसुङ्गा बहुमुखी क्याम्पसमा QAA Certification विषयक विशेष समारोहको आयोजना


रेसुङ्गा बहुमुखी क्याम्पसमा QAA Certification विषयक विशेष समारोहको आयोजना

रेसुङ्गा बहुमुखी क्याम्पसमा QAA Certification विषयक विशेष समारोहको आयोजना सम्पन्न भयो ।


रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीले संस्थागत गुणस्तर सुनिश्चितता प्रत्यायन  (Institutional Quality Assurance Accreditation)  वा गुणस्तर प्रमाणपत्र प्राप्त गरेका सन्दर्भमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्यो । यही जेष्ठ १५ गते आयोजित उक्त कार्यक्रम पुर्व बाजागाजा र नाँचगान  सहित बृहत नगरपरिक्रमा गरिएको थियो । नगर परिक्रमा पश्चात् क्याम्पस परिसरमा आयोजित विशेष समारोहमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख तथा क्याम्पसका संस्थापक सदस्य श्री डिल्लीराज भुषालको प्रमुख आतिथ्यता र परीक्षा नियन्त्रण कार्यालयका सह–नियन्त्रक श्री पशुपति अधिकारीको विशेष आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा क्याम्पसका संस्थापक, अतिविशिष्ट, विशिष्ट, आजीवन सदस्यहरु सहित राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, जिल्लास्थित कार्यालयप्रमुख, अन्य क्याम्पसका प्रतिनिधिहरु, स्थानीय संघसंस्था, शिक्षणसंस्था, अभिभावक, विद्यार्थी, पत्रकार र सरोकारवाला संघसंस्थ, व्यक्तिहरुको व्यापक उपस्थिति रहेको थियो । 

आयोजित कार्यक्रममा वक्ताहरुले क्याम्पसको शैक्षिक गुणस्तर बृद्धि भइ अन्र्तराष्ट्रिय स्तरको गुणस्तर प्रमाणपत्र प्राप्त गर्नमा विशेष योगदान पुर्याउने वर्तमान संचालक समिति र क्याम्पस प्रशासनलाइ धन्यवाद र बधाई दिनुभएको थियो । यसबाट क्याम्पसको शैक्षिक साख अझ बढ्ने र पुन प्रत्यायनका लागि थप मेहनत गरी विद्यार्थी भर्ना र उत्तीर्ण प्रतिशत बढाउन थप प्रयास गर्नुपर्ने सुझाव दिनुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख डिल्लीराज भुषालले यो क्याम्पस स्थापनामा जिल्लावासी सबैको योगदान रहेको र  रेसुङ्गा नगरपालिकाको तर्फबाट QAA Certified Campus बन्न सफल भएकोमा बधाइ तथा धन्यवाद दिदै नगरपालिकाले पनि आगामी दिनमा बजेट विनियोजनमा क्याम्पसलाइ विगतमा जस्तै प्राथमिकतामा राख्ने अभिव्यक्ति दिनुभएको थियो भने विशेष अतिथि प.नि.का.का सह नियन्त्रक पशुपति अधिकारीले QAA  को मापदण्ड अनुरुप क्याम्पसलाइ अगाडि बढाउन सबैले सक्दो प्रयास गर्नुपर्नेमा जोड दिनुभएको थियो । 

सोही कार्यक्रममा नेकपा गुल्मीका सचिव विरबहादुर कार्कीे, नेपाली कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरुले QAA Certified शैक्षिक संस्था बनाउन योगदान पुर्याउने संचालक समितिलाई बधाइ र धन्यवाद दिदै प्राप्त विभुषणलाई जोगाउँदै यो मिसनमा अहोरात्र खट्नुहुने सम्पुर्ण व्यक्ति, समुदाय र संघसंस्था सबैलाइ धन्यवाद दिनुभएको थियो । 

आयोजित कार्यक्रममा क्याम्पसप्रमुख हरिबहादुर खत्रीले QAA प्रक्रियाका लागि भए/गरेका प्रयासहरु र आगामी दिनमा यसका लागि गर्नुपर्ने थप कार्यहरुबारे प्रकाश पार्दै यसका लागि अझ बढि अथक मेहनत र प्रयास गर्नुपर्ने विषयमा जोड दिनुहुदै सहयोगी सबैलाइ धन्यवाद दिनुभएको थियो । कार्यक्रममा सहा. क्याम्पसप्रमुख तथा SAT Coordinator गोविन्द गौतमले QAA को मुल्य र मापदण्ड र यसको प्रक्रियाका लागि सम्पन्न गरिएका विषयहरुमाथि प्रकाश पार्नुभएको थियो । उक्त विशेष कार्यक्रममा क्या.सं.समिति उपाध्यक्ष माधव ज्ञवालीद्वारा स्वागत मन्तव्य र कोषाध्यक्ष धर्मबहादुर विश्वकर्माले धन्यवाद मन्तव्य राख्नुभएको थियो साथै उक्त कार्यक्रममा हुमकान्त पोखरेल, पुनराम घिमिरे, विमल छन्तेल, श्रीराम महत, झविन्द्र पाण्डेय, राजेन्द्र विक्रम कुँवर, दिपक भण्डारी, नवराज भुसाल, नरप्रसाद श्रेष्ठ, दधिराम पन्थी, शशि पन्थी, घनश्याम पाण्डे, हरिलाल न्यौपाने, अखिलेश्वरप्रसाद पाण्डेय, पदमप्रसाद अर्याल र नगर उपप्रमुख सिता भण्डारीले बधाई र शुभकामना व्यक्त गर्नभएको थियो ।

अन्तमा संचालक समिति अध्यक्ष शालिकराम पन्थीले कार्यक्रमको समापन मन्तव्यमा QAA Certification का लागि अहोरात्र खट्ने प्राध्यापक तथा कर्मचारीहरुलाइ धन्यवाद दिदै पुरस्कृत गर्नुपर्ने र आफ्नो कार्यकालमा आफ्नो नेतृत्वमा रहेको संचालक समितिका पदाधिकारीहरुको अद्वितीय योगदान रहेको र सो को मुल्यांकन समाजले गर्नुपर्ने विचार अभिव्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रम संचालन सहा. क्याम्पसप्रमुख रामप्रसाद खनालले गर्नुभएको थियो । 

स्मरण रहोस् विश्वविद्यालय अनुदान आयोगको २०७६ जेष्ठ ४ गतेको निर्णय अनुसार रेसुङ्गा बहुमुखी क्याम्पसले संस्थागत गुणस्तर सुनिश्चितता प्रत्यायन (Institutional Quality Assurance Accreditation)  अथवा अन्र्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । सोही अनुसार सानोठिमी भक्तपुरस्थित आयोगको कार्यालयमा जेष्ठ १२ गते आयोजित Award Ceremony कार्यक्रममा उक्त गुणस्तर प्रमाणपत्र औपचारिक रुपमा प्रदान गरिएको थियो ।