विश्व उपभोक्ता अधिकार दिवस (15 March) को सन्दर्भमा "उपभोक्ता अधिकार" सम्बन्धि अन्तरकृया तथा छलफल

विश्व उपभोक्ता अधिकार दिवस (15 March) को सन्दर्भमा "उपभोक्ता अधिकार" सम्बन्धि अन्तरकृया तथा छलफल सम्पन्न भयो ।
घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा रेसुंगा बहुमुखी क्याम्पस कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाइ विश्व उपभोक्ता अधिकार दिवस (15 March) को सन्दर्भमा "उपभोक्ता अधिकार" सम्बन्धि अन्तरकृया/छलफल आयोजना गरियो । सो कार्यक्रममा घरेलु विकास समिती गुल्मीका कार्यालय प्रमुख श्री लक्ष्मण घिमिरे र कार्यक्रम अधिकृत श्री सुवास घिमिरेले उपभोक्ता अधिकार र हाम्रो दायित्व सम्बन्धमा ज्ञान तथा सीप दिनुभएको थियो । साथै कार्यक्रममा उपप्राध्यापक पदम प्रसाद पाण्डेले उपभोक्ता अधिकार उपभोगमा आम नागरिक नै सचेत हुनुपर्ने बताउनुभयो ।यसैगरी सा. क्या. प्र. रामप्रसाद खनालले उपभोग्य वस्तु, बजार र मुल्यवारे हरेक नागरिकले जानकारी राख्दै सचेत भएर वस्तु खरिद गर्नुपर्ने बताउनु भयो । क्याम्पस प्रमुख हरिबहादुर खत्री प्रमुख अतिथि र सा. क्या. प्रमुख रामप्रसाद खनाल अतिथि रहेको उक्त कार्यक्रममा करिब ९० जना विद्यार्थी र केहि प्राध्यापकहरुको सहभागीता रहेको थियो ।